फिदिम । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरले फिदिम नगरपालिकाका आठ घर परिवारलाई दशैं मनाउन भन्दै चामल वितरण गरेको छ । आज एमाले जिल्ला उपसचिव पृथ्वी लावतीको उपस्थितिमा चामल वितरण गरिएको संघका केन्द्रीय सदस्य गणेश योङ्हाङले जानकारी दिनुभयो । फिदिम नगरपालिका वडा नं. १ का एक जना, वडा नं. ४ का ३तीन जना, वडा न. १० का तीन जना र वडा न. ११ का एक जना एक परिवार एक बोरा चामल वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
वितरण कार्यक्रममा फिदिम नगरपालिका वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र लावती, संघका केन्द्रीय सदस्य कमल थपलिया, जिल्ला अध्यक्ष मदन लावती लगायतको उपस्थितिमा चामल वितरण गरिएको हो ।
प्रतिक्रिया