Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द

चिन्तन खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयपरिसर अहिले सुनसान छ । स्कुलको बोर्ड पनि हटाइएको छ । विद्यालय प्रांगणमा विद्यार्थीको हल्लाखल्ला नहुँदा वरिपरिका बासिन्दाको मन दुखेको छ । ६५ वर्षअघि स्थापना भएको यो स्कुलमा पढेका विद्यार्थीले अब आफूले पढेको नवआदर्श स्कुलको नाममा प्रमाणपत्र पाउने छैनन् । किनभने काठमाडौं महानगरपालिका शिक्षा विभागले यो स्कुल बन्द गरेको छ ।

विद्यार्थी संख्या न्यून हुँदै गएको, विद्यालयको भौतिक पूर्वाधार जीर्ण भएको र भवन निर्माणका लागि मापदण्डसमेत नपुगेकाले गत भदौदेखि नवआदर्श माध्यमिक विद्यालय बन्द गरिएको महानगर शिक्षा विभागले जनाएको छ । महानगर शिक्षा विभागले उक्त विद्यालय बन्द गरी त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा सारेको छ ।

२०१५ सालमा स्थापना भएको नवआदर्श माविमा कक्षा १२ सम्म पढाइ हुन्थ्यो । स्थानीय बालबालिका पढाउने उद्देश्यले स्थापना भएको उक्त स्कुल शैक्षिक सत्रको बीचमा बन्द हुँदा शिक्षक तथा विद्यार्थी दुखी बनेका छन् । स्कुलका शिक्षक र विद्यार्थीलाई अन्य स्कुलमा व्यवस्थापन गरिसकेको महानगर शिक्षा विभागका अधिकृत मोती भट्टराईले बताए ।

स्कुलका प्रधानाध्यापक रहेका प्रमोदकृष्ण श्रेष्ठले आफू सोही स्कुलमा पढेको र २०५२ सालदेखि शिक्षकको रूपमा प्रवेश गरेको बताउँदै एक्कासि विद्यालय बन्द गरिँदा मन दुःखी बनेको बताए । ‘राम्रै चलेको स्कुल बन्द हुँदा विद्यार्थी तितरबितर भए,’ उनले भने, ‘स्कुलको शैक्षिक गुणस्तर वृद्धि गर्न हामी लागिपरेका थियौं । तर महानगरपालिकाले विभिन्न बहानामा बन्द गरिदियो ।’

सोही स्कुलमा चार दशकदेखि पढाउँदै आएकी शान्ति शाक्य पनि नाम चलेको स्कुलको अस्तित्व मेटिँदा दुःख लागेको बताउँछिन् । ‘२०३९ सालमा म स्वयंसेवक शिक्षकका रूपमा प्रवेश गरेकी थिएँ । त्यो बेला विद्यार्थी कक्षाकोठामा नअटाउँदा उभिएर पढाउनुपर्ने अवस्था थियो,’ शाक्यले विगत सम्झँदै भनिन्, ‘कक्षा १० सम्म पढाइ हुने स्कुलमा हामीले कक्षा ११ र १२ पनि पढाउन थालेका थियौं । तर, पनि महानगरले बन्द गरिदियो ।’

महानगर शिक्षा विभागका अधिकृत भट्टराईका अनुसार पाँच वर्षयता महानगरभित्रका तारिणी आधारभूत, कान्तिश्वरी मावि, श्री कन्या मावि, केशचन्द्र आधारभूत र संकटा आधारभूत विद्यालय बन्द भइसकेका छन् ।

यो समाचार नागरिक दैनिकमा छ ।