काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बैस्दै छ । बैठक आज दिउँसो १ बजे शुरु हुनेछ संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत गर्नुहुने, “भन्सार विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्ने, भन्सार विधेयक, २०८० प्रश्तुत गर्नुहुने, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र ९बिमस्टेक चार्टर० अनुमोदन सम्बन्धी प्रश्ताव पेश गर्नुहुने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया