काठमाडौं । जाजरकोट केन्द्रविन्दू भएर गएराति गएको शक्तिशालीी भुकम्पमा मृत्युहुनेहरुको संख्या १३२ पुगेको छ । विहान ९ बजे सम्मको सववरण अनुसार सो संख्यामा मानिसहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटमा सो अवधि सम्ममा ९५ जनाको मृत्युभएको छ भने रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो ।
शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ ।
घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ ।
प्रतिक्रिया