Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सङ्कल्प यात्रा महान यात्रा हो, एमालेले असाधारण काम गर्न सक्छ भन्ने सन्देश हो : अध्यक्ष ओली « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सङ्कल्प यात्रा महान यात्रा हो, एमालेले असाधारण काम गर्न सक्छ भन्ने सन्देश हो : अध्यक्ष ओली

चिन्तन खबर

पाँचथर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रालाई एक महान यात्राको संज्ञा दिँदै यात्राले एमालेले अरुले गर्न नसकेको काम गर्न सक्छ भन्ने सन्देश दिएको वताउनुभएको छ ।

झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको आज पाँचथरको याङवरक गाउँपालिका वडा नं. १ चिवाभञ्ज्याङमा समापन गर्दै अध्यक्ष ओलीले जोखिमहरु चिर्दै, प्राविधिक, भौगोलिक तथा राजनीतिक अवरोधहरु पार गर्दै एमाले जनताको घरसम्म पुगेको वताउनुभयो । “यो यात्रा जोखिमलाई मोल्ने यात्रा हो । यात्राले एमालेले अरुले गर्न नसकेको काम गर्न सक्छ भन्ने सन्देश दिएको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “यस यात्राले अवान्छित विचार, चिन्तन र क्रियाकलापविरुद्ध सन्देश दिएको छ । सिंगो देशलाई सर्वोपरी राखेर, जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने सन्देश दिएको छ ।”

अभियानका क्रममा साँस्कृतिक विविधताको ग्रहण गर्ने, त्यसलाई प्रयोग र प्रवद्र्धन गर्ने काम भएको उहाँले वताउनुभयो । मध्यपहाडका सबै विषयमा जानकार हुने अवसर मिलेको भन्दै ओलीले यात्रा पूर्ण रुपमा सफल भएको वताउनुभयो । यस्तै राजनीतिक हिसाबले देशको विग्रदो अवस्थाबाट उकास्न, जनतामा फैलिएको निराशा हटाउन, आशावादीता जगाउने र जनतामा जागरण पैदा गर्न अभियान सफल भएको वताउँदै उहाँले अन्य दलहरु, सरकार र मुलुकलाई समेत यो अभियानले प्रत्यक्ष प्रभाव पारेको वताउनुभयो ।

ओलीले स्थानीय स्तरका विशेषता, चालचलन, परिचय, आवश्यकता, समस्या र समाधानबारे समेत जानकारी लिने, ध्यानाकर्षण हुँदा एमालेले समाजलाई झनै नजिकबाट बुझ्न समेत सहज भएको, अभियानले एमालेको नीति र कार्यक्रमलाई जनतामा बुझाउन समेत मद्दत मिलेको वताउनुभयो । फरक प्रसंगमा उहाँले देशको राजनीति अहिले अलपत्र र अलमलमा रहेको वताउनुभयो । ओलीले जनता र देशको समय खेर फाल्न, आउँदो पिंढीलाई अन्यौलमा राख्ने कामबाट चिर्न अभियानले असाधारण रुपमा सहयोग गरेको वताउनुभयो ।

एमाले अध्यक्ष ओलीले अभियानमा सामेल भएका सबै नेता, कार्यकर्ता तथा समर्थकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सञ्चार माध्यमले एमालेको अभियानलाई सफल बनाउन विभिन्न कोणबाट ब्याख्या र विश्लेषण गरेर सहयोग गरेकामा समेत धन्यवाद दिनुभयो ।

अध्यक्ष ओलीले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमविन्दू चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको घोषणा गर्नुभयो । समापन कार्यक्रममा एमालेका अधिकांश पदाधिकारीहरु, स्थायी कमिटी, पोलिटब्यूरो र कोशी प्रदेशका नेताहरुको सहभागिता थियो । एमालेले मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरुआत गरेको यात्रा आज समापन भएको हो ।