पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यार्थीलाई स्कुल पोशाक बितरण


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–२ माङजाबुङको फाक्चुवा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको छ । आइतवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ३० जना विद्यार्थीहरुलाई ३५ हजार मुल्य बराबरको स्कुल पोशाक बितरण गरिएको विद्यालयका प्र.अ मोहन प्रसाद लावतीले जानकारी दिनुभयो । विद्यालयका पूर्व विद्यार्थीले गरेको सहयोगले अभिभावक र बालबालिकाहरुलाई पठनपाठनमा राहत मिलेको लावतीले भनाइ छ ।

विद्यालयका पूर्व विद्यार्थी हाल मलेसियामा श्रम गर्दै आउनु भएका अर्जुन र बिरेन्द्र लावतीले ३५ हजार रुपैयाँमा ३० जना विद्यार्थीहरुलाई ट्रयाकसुट, टिशट र जुत्ता सहितका स्कृल पोशाक परिवारका सदस्य मार्फत बितरण गर्नुभएको छ । आर्थिक रुपमा विपन्न समुदायका विद्यार्थीहरु अध्यायन गर्ने बालबालिकाहरुको पठनपाठनमा सहज होस् भन्ने उदेश्यले स्कुल पोशाक वितरण गरेको लावती परिवारले जनाएको छ ।

२०३० सालमा स्थापना भएको विद्यालयमा अध्यायन गरेको स्मरण गर्दै कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले दाताहरुको प्रशंसा गर्नुभयो । लामो समयदेखि पूर्व विद्यार्थीहरुले शिक्षाको गुणस्तर सुधार गर्दै आएको भन्दै गाउँपालिकाले हिउँदे सभा मार्फत विद्यालयमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत प्रदिप सिं तामाङ, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो । पोशाक वितरण कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द बहादुर लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।