पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकालाई राजनीतिक दल र सरोकारवालाहरुले ध्यानाकर्षण पत्र बुझाएका छन्। आइतबार गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य अमरसिं थापाले ६ बुदे सुझाव सहितको ध्यानाकर्षण बुझाउनुभएको छ । गाउँपालिकाले समन्वय र सहकार्य नगरी एकलौटी रुपमा बिभिन्न गतिविधि गरेको र त्यसबाट समस्या उत्पन्न भएको भन्दै राजनीतिक दल, नागरिक समाज र सरोकारबालाहरुको बैठक बसी आवश्यक समन्वय र सहकार्य गरी अघि बढ्न सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएको नेकपा एमाले गाउँपालिका संगठन कमिटि अध्यक्ष मेघराज निरौलाले बताउनुुभयो ।
गाउँपालिकामा बुझाएको ६ बुदे ध्यानाकर्षण पत्रमा वैकल्पिक व्यवस्था नगरी प्रशासनिक काम कार्वाहीमा असर पर्ने गरी करार कर्मचारीलाई हटाएको भन्दै तत्काल निरन्तरता दिनुपर्ने माग गरिएको छ । कुम्मायक आधारभूत अस्पतालको संचालन र व्यवस्थापनको विषयमा सर्वपक्षिय छलफल गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै गाउँपालिकाले नदिजन्य बस्तुहरुको उत्खनन् ठेक्का मार्फत नगरेको भन्दै ध्यानाकर्षण गराएको छ । नदिजन्य बस्तुको उत्खनन् गर्दा अनिवार्य विधि र प्रकृया पु¥याएर ठेक्का मार्फत काम गर्न ध्यानाकषण गराएको छ । टोलीले गाउँपालिकाको पेचिलो बिषय बनेको प्रशासकीय भवनको विषयलाई टुङ्गोमा पु¥याउन सुझाव दिएको छ । सात वर्षदेखि चर्चाको बिषय बनेको प्रशासकीय भवन निर्माण गर्न सुझाव दिएको छ ।
त्यसैगरी गाउँपालिका केन्द्र यासोकमा रहेको सिद्धदेवी बहुउदेश्य सहकारी संस्थाले ७ सय सेयरसदस्यको रकम अपचलन गरेको र तीनदेन विद्युत सहकारीको समस्याको बिषयमा तत्काल पहलकदमी अघि बढाउन आग्रह गरिएको छ ।
जवाफमा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले गाउँपालिकाले गर्दै आएका गतिविधिमा राजनीतिकदल, बुद्धिजिवि, नागरिक समाजले दिएको सल्लाह र सुझावलाई आगामी दिनमा कार्यान्वय गर्दै जाने बताउनुभयो । ‘कहिलेकाँही काम गर्दै जाँदा कमिकजोरी हुन्छ । यसलाई हामीले चिन्तन र मनन गर्छौं।
गाउँपालिकालाई बुझाएको सुझाव अनुसार नदिजन्य बस्तुहरुको ठेक्का लगाउन तयारी भएको बताउदै लावतीले कुम्मायक आधारभूत अस्पताल गाउँपालिकाबासीकै हितमा रहेकाले यसलाई थप व्यवस्थित गर्न सबै पक्षसंग सम्वाद जारी राख्ने बताउनुभयो । करार कर्मचारीको विषयमा भने प्रदेश सरकार समक्ष स्थाई कर्मचारी माग गरिएकाले हटाएका कर्मचारीलाई निरन्तरता दिन नसक्ने स्पष्ट पार्नुभयो । गाउँपालिकाले निर्माण गर्न नसकेको प्रशासकीय भवनको विषयमा चाँडै टुङगोमा पुग्न गाउँपालिकामा छलफल र सम्वाद भईरहेकाले सरोकारवाला र राजनीतिकदलको सुझाव आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा बिभिन्न सहकारीमा देखिएको समस्या समाधन गर्न आवश्यक प्रकृया अघि बढाएको भन्दै ढुक्क रहन लावतीले आग्रह गर्नुभयो ।
कुम्मायक गाउँपालिकालाई यस अघि पनि नेकपा एमाले गाउँपालिका संगठन कमिटिले ११ वुद्धे ध्यानाकर्षण पत्र बुझाएको थियो । गाउँपालिकाले हटाएको करार कर्मचारीको टोलीले समेत अन्यायमा परेको भन्दै पटक पटक गाउँपालिकालाई ध्यानाकर्षण गराउँदै जवाफ माग गरेको थियो । कर्मचारीको विषयमा मैखिक जवाफ दिएको गाउँपालिकाले नेकपा एमालेको ११ बुदे ध्यानाकर्षण पत्रको विषयमा भने लिखित जावाफ दिने बताएको थियो ।
प्रतिक्रिया