Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
राजेन्द्र लिङ्देनले प्रचण्ड सरकारमा सहभागी हुनुको जवाफ किन दिन सकेनन् ? « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

राजेन्द्र लिङ्देनले प्रचण्ड सरकारमा सहभागी हुनुको जवाफ किन दिन सकेनन् ?

चिन्तन खबर

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्ने भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रचण्ड सरकारमा किन गए भन्ने जवाफ उनले जारी केन्द्रीय कार्य समिति वैठकमा प्रस्तुत गर्न सकेका छ्रैनन् ।

राजसंस्था मान्ने पार्टीका अध्यक्ष गणतन्त्र बलियो बनाउन २०७९ सालमा प्रचण्ड सरकारमा जानु गलत थियो भनेर प्रश्न उठेको यो तेस्रो केन्द्रीय समितिको वैठक हो । लिङ्देनले यो विषयमा अहिलेसम्म चित्तबुझ्दो जवाफ दिन सकेका छैनन्, खाली तर्कने गरेका छन् ।

लिङ्देनबाट कुनै जवाफ नआए पनि, गणतन्त्र सुदृढीकरण गर्ने भनेर सरकारमा सामेल हुने निर्णय ठिक थियो भन्ने आशयका साथ सह–महामन्त्री धनबहादुर बुढाले पूर्वअध्यक्ष पशुपति शम्शेर राणा पनि गणतन्त्रवादी भएको कुरा वैठकमा शनिबार उठाए । राप्रपाको केन्द्रीय समिति वैठक दुई दिनदेखि जारी छ ।

लिङ्देन पक्षधर पदाधिकारी बुढाले सो कुरा उठाएपछि बुढा स्वयम विगतमा गणतन्त्रवादी पार्टीमा रहेको केन्द्रीय सदस्य भरत पाठकले संस्मरण गराए । बुढा पहिले जनमोर्चाका सदस्य थिए ।

पूर्वअध्यक्ष राणालाई गलत आरोप लगाएपछि बुढा वैठक कक्षमा बस्न सकेनन्, वैठक छाडेर भागे ।

२०७९ सालमा प्रचण्ड सरकारमा सहभागी दलका अध्यक्षहरुले सरकारको न्यूनतम साझा कार्यक्रम पारित गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने निर्णय गरेका थिए ।

सरकारमा सहभागी दलका दोस्रो तहका नेताहरुको कार्यदलले साझा कार्यक्रमको मस्यौदा तयार पारेका थिए । ‘लोकतन्त्र सुदृढीकरण’ गर्ने वाक्यांश भएको मस्यौदा कार्यदलले अध्यक्षहरुको तहमा बुझाएका थिए । राप्रपाबाट कार्यदलमा महामन्त्री धवल शम्शेर राणा सहभागी थिए । उक्त मस्यौदा परिमार्जन गर्दै अध्यक्षहरुले ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने लाइन पास गरे ।

राप्रपाको नीति विपरीत गएको भन्दै लिङ्देनको राप्रपामा चर्को आलोचना भएको छ जो हालसम्म जारी छ । महामन्त्री राणाले केन्द्रीय समितिमा पेश गरेको राजनीतिक कार्यपत्रमा सो कुरा कडाइका साथ उठाएका छन् ।

महामन्त्री राणाको राजनीतिक कार्यपत्रको पक्षमा बहुमत केन्द्रीय सदस्यहरूले समर्थन जनाएका छन् । कार्यपत्र हुबहु पारित गर्नुपर्छ भन्ने मत ठूलो छ ।

अध्यक्ष लिङ्देनले बैठकमा कार्यपत्र पेश गरेनन् मन्तव्य मात्र दिए ।

वैठक १० मिनेट अवरुद्ध
धनबहादुर बुढाले वैठकमा बोलेको भिडियो सामाजिक संजालमा प्रचार भएपछि केन्द्रीय समितिको वैठक १० मिनेट अवरुद्ध भयो । वैठकको गोपनीयता भंग भयो, दोषीलाई कारवाही गर्नुपर्छ भन्दै वैठकमा होहल्ला भयो ।

यस्तो आवाज उठ्दा अध्यक्ष लिङ्देन नाजवाफ थिए, अलमलमा परे । केन्द्रीय सचिवालय कै अध्यक्षको गुटगत स्वार्थमा दुरुपयोग भएको यस घटनाबाट प्रमाणित भएको छ । केन्द्रीय सचिवालयले खिचेको भिडियो सार्वजनिक भएको थियो ।