पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापामा रात्रिबस दुर्घटनाः १६ जना शिक्षक घाइते, एकको अवस्था गम्भीर

चिन्तन खबर

झापा । काठमाडौँबाट झापा आउँदै गरेको यात्रुबाहक रात्रिबस आज बिहान झापाको शिवसताक्षी नगरपालिका–९ स्थित दूधे खण्डमा दुर्घटनामा परेको छ। प्रदेश १–०१–००१–ख ४२ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा बिहान ५ः३० बजे अनियन्त्रित भई पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको बिर्तामोडस्थित विर्तासिटी अस्पताल र बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरूमध्ये सबैजना शिक्षक आन्दोलनमा सहभागी भएर काठमाडौँबाट घर फर्किरहेका थिए। तीमध्ये एक घाइते शिक्षक लीलाप्रसाद भण्डारीका अनुसार बस अनियन्त्रित भएर अचानक सडकबाट पल्टिएको थियो।

‘म ड्राइभरको सिट पछाडि थिएँ। गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो। एक्कासि पल्टियो, ’ भण्डारीले भने, घाइते अवस्थामै अरूलाई उद्धार गरेर बाहिर निकालेँ, किनकि गाडीबाट इन्धन पोखिइरहेको थियो।’

दुर्घटनामा गम्भीर घाइते भएका शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ।

प्रहरीका अनुसार बसका चालक महेन्द्र कन्दङ्वालाई नियन्त्रणमा लिइएको छ। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।

एजेन्सीको सहयोगमा