काठमाडौं । राजसंस्था समर्थकहरुको समूह संयुक्त जनआन्दोलन परिचालन समितिले आज पनि व्यवस्थाकाविरुद्ध विरोध प्रदर्शन गर्दैछन् ।
आज समितिको चौँथो दिनको विरोध प्रदर्शन हो । यसअघि गत जेठ १५ गते बिहीबारबाट संयुक्त जनआन्दोलन परिचालन समितिले विरोध प्रदर्शन सुरु गरेको हो ।
‘अवस्था बदल्न, व्यवस्था बदलौँ’ भन्ने मुल नारासहित गणतन्त्र स्थापना दिवसकै अवसरमा राजावादी शक्तिहरुले विरोध प्रदर्शन गरेका थिए ।
१५ गते शान्तिबाटिकामा प्रदर्शन गरेका राजावादीहरुले १६ गते माइतीघर, १७ गते बालुवाटार क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । आज पुनः केहीबेरमा नक्साल नारायणचौरमा विरोध प्रदर्शन गर्ने तयारी गरेको राप्रपाका एक नेताले जानकारी दिए । उक्त आन्दोलनमा राप्रपा, राप्रपा नेपालका शीर्ष नेताहरुको उपस्थिति रहने गरेको छ ।
प्रतिक्रिया