काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउनुभएको छ । ट्रम्पले अमेरिकी नागरिकको सुरक्षाको कारण देखाउँदै १२ देशकानागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
यी देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश छन्।
यसबाहेक, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला लगायतका सात देशका नागरिकहरू आंशिक यात्रा प्रतिबन्धमा परेका छन्।
ह्वाइट हाउसले सार्वजनिक गरेको जानकारीमा यो नयाँ प्रतिबन्ध आगामी सोमबार, जुन ९ बाट लागू हुनेछ।
बीबीका अनुसार ट्रम्पको प्रतिबन्धको उद्देश्य भने अमेरिकी नागरिकलाई खतरनाक विदेशी तत्वहरूबाट सुरक्षित राख्ने रहेको जनाएको छ।
यो आदेश ट्रम्प प्रशासनको दोस्रो पटकको यस्तो कदम हो । आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले २०१७ मा यस्तै आदेशमा हस्ताक्षर गरेका थिए।
प्रतिक्रिया