पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिममा रक्तदान तथा निःशुल्क रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न

चिन्तन खबर

फिदिम । रक्तदाता समूह पाँचथरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा पाँचथरको प्राविधिक सहयोगमा आयोजित रक्तदान तथा निःशुल्क रक्त समूह परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

पाँचथरको सदरमुकाम फिदिममा भएको कार्यक्रम अन्तर्गत पाँच जना स्वयंसेवीहरूले रगतदान गरेका छन् भने २१ जनाको रक्त समूह परीक्षण गरिएको आयोजकले जानकारी दिएको छ।

हाल पाँचथरमा रगतको मागलाई ध्यानमा राख्दै सीमित व्यक्तिहरूबाट मात्र रगत सङ्कलन गरिएको हो। यद्यपि, कार्यक्रममा सहभागी भएका धेरै व्यक्तिहरूले आवश्यकता परेको खण्डमा तत्काल रगतदान गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेकाो आयोजक संस्थाका अध्यक्ष अरुण ढुंगेलले जानकारी दिनुभयो ।

आज भएको कार्यक्रममा नुपु शेर्पा, धिरेन अधिकारी, निश्चल भण्डारी, सन्तोष ढुंगेल, मनिला शेर्पाले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी भएका सम्पूर्ण व्यक्तिहरूप्रति आयोजक संस्था रक्तदाता समूह पाँचथरले धन्यवाद दिएको छ। यस्तै, प्राविधिक सहयोग उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा पाँचथरप्रति पनि विशेष धन्यवाद व्यक्त गरेको छ ।

रक्तदाता समूह पाँचथरले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवा कार्यक्रमहरू आयोजना गर्दै जनसमुदायबाट निरन्तर साथ र सहयोग पाउने विश्वास व्यक्त गरेको छ।