यासोक । पाँचथरको कुम्मायक गाउँपालिका–५ को पिपलबोटे चार वर्ष अघि वर्थिङ सेन्टरको भवन उद्घाटन भयो । उपभोक्ता समिति मार्फत ८ लाखमा निर्माण सम्पन्न भएको दुई कोठे भवन तत्कालिन समयका गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले भवनको उद्घाटन गर्नुभयो । स्थानीयतहको दोस्रो निर्वाचनको अन्तिम समयमा भवनको उद्घाटन गरिएको थियो । सो समयमा आवश्यक जनसक्ति र उपकरणको व्यवस्थापन गरी बर्थिङ सेन्टर (प्रसुती गृह) संचालन गर्ने चेम्जोङको भनाइ थियो । तर प्रतिवद्धता जनाएको चार वर्ष पुरा भयो तर प्रसुती गृह संचालनमा आएन ।
दोस्रो चरणको निर्वाचनमा गाउँपालिका अध्यक्षमा वंम प्रसाद लावती निर्वाचित हुनुभयो । स्वास्थ्य चौकीको दोस्रो भवन उहाँकै कार्यकालमा निर्माण सम्पन्न भयो । स्वास्थ्य चौकीको भवन पुरानो र जीर्ण भएपछि २०८० मा अधिकारी निर्माण सेवा पाँचथरले ७९ लाखमा दुई तले पक्की भवन निर्माण गरेको थियो । निर्माण सम्पन्न भएको नवनिर्मित भवन लावतीले उद्घाटन गर्नुभयो । भवन उद्घाटनसंगै लावतीले पनि चेम्जोङले जस्तै बर्थिङ सेन्टरको विषय फेरी उठाउनुभयो । तर उनले प्रतिवद्धता जनाएको तीन वर्ष बितेको छ । अझै पनि दक्ष स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन भएन । जनप्रतिनिधिको पटकपटकको आवश्वन फिक्का भएको स्थानीयले गुनासो गर्न थालेका छन । स्वास्थ्य चौकीको सुविधा सम्पन्न पुर्वाधार निर्माण भयो ।
गाउँपालिका केन्द्रको यासोक स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छ । बर्थिङ सेन्टरमा कुम्मायक–५ को भुल्के, ढाँडे, पिपलबोटे क्षेत्रका नागरिकले लामो समयदेखि सेवा लिदै आएका छन । यासोकसम्म पुग्न समय लाग्ने भएकाले सो क्षेत्रका नागरिकले बर्थिङ सेन्टरको माग गर्दै आएका थिए । स्यावरुम्बा स्वास्थ्य चौकीमै बर्थिङ सेन्टर स्थापना हुँदा घण्टौ लगाएर सेवा लिन यासोक पुग्ने नागरिकले राहत पाउने नि.वर्तमान गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।
हामीले अन्तिम समयमा भवन निर्माण सम्पन्न गरी उद्घाटन ग¥यौ । दोस्रो चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको तीन वर्षे कार्यकाल पुरा हँुदा पनि बर्थिङ सेन्टर संचालन नहुनु दुखत विषय हो चेम्जोङले भन्नुभयो । वडा कार्यालयको मात्रै बजेट र जनसक्तिले बर्थिङ सेन्टर संचालनमा समस्या भएको वडाअध्यक्ष निर्मलराज घिमिरेको जानकारी दिनुभयो । “गाउँपालिकाले करार कर्मचारी हटाउँदा समस्या भएको छ । वडाको बजेटले धान्न नसकेपछि पटक–पटक पालिकामा आवश्यक कर्मचारी र उपकरण माग गर्दा सम्बोधन नभएको उहाँको भनाइ छ ।
यता गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले तत्कालै नयाँ दरवंदी व्यवस्थापन गरी बर्थिङ सेन्टर संचालन गर्ने बताउनुभयो । बिगतमा कर्मचारी अभाव भएको तर अब आवश्यक कर्मचारीको व्यवस्थापन गरी संचालनमा ल्याउने लावतीको भनाइ छ । स्थानीयको माग सम्बोधन गर्न भवन निर्माण गरेको गाउँपालिकाले बर्थिङ सेन्टर संचालनमा उदासिन हुँदा स्थानीयवासी निरास बनेका छन ।
प्रतिक्रिया