पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखाले पहिलो पटक यासोक घोषणा पत्र जारी गरेको छ । कुम्मायक गाउँपालिका केन्द्रको कुम्मायक धार्मिक स्थलमा घुम्ती बैठक बस्दै यासोक घोषणा पत्र जारी गरेको हो ।
महासङले पूर्व अध्यक्ष, वहालवाला पदाधिकारी, पत्रकारका पेसागत सङ्गठनका प्रमूख र पदाधिकारीसँगै जिल्लामा कृयाशिल पत्रकारहरूले कुम्मायक गाउँपालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै स्थानीय तथा ग्रामीण पत्रकारिताको विकासका लागि स्वरोजगारमूलक सञ्चार माध्यमको प्रवर्धन, सबलीकरणमा प्राथमिकता दिन आग्रह गरेका थिए ।
घोषणा पत्रमा सरोकारवालाहरुको राय र परामर्शका आधारमा यथाशीघ्र स्थानीय सञ्चार ऐन र सञ्चार नीति निर्माण गरी कार्यान्वयनमा ल्याउन कुम्मायक गाउँपालिका सहित पाँचथर जिल्लाका सबै स्थानीय तहहरुलाई आव्हान गर्दछ् भनिएको छ ।
स्थानीय र ग्रामीण पत्रकारिताको विकासका लागि स्वरोजगारमूलक स्थानीय सञ्चार माध्यमहरुको सम्वद्र्धन र सवलीकरणमा स्पष्ट नीति तय गरी प¥याप्त बजेट विनियोजन गर्न, पत्रकारहरुका लागि लेखन वृत्ति, प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालनमा ल्याउन सबै स्थानीय तहहरुलाई आग्रह समेत गरिएको छ ।
पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षालाई विशेष ध्यान दिन र सामाजिक सञ्जालका माध्यमबाट पत्रकारहरु माथि भइरहेको दुव्र्यवहार, दुरुत्साहन र समाचार लेखेकै आधारमा लाञ्छित गर्ने प्रवृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरोकारवालाहरु र स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गरिएको छ ।
सुक्खाग्रस्त कुम्मायक गाउँपालिकामा खानेपानी लगायत आधारभूत मानवीय पूर्वाधार अभावको समस्या समाधानका लागि विशेष प्याकेज ल्याइ बढ्दो बसाइसराईं रोक्न र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने गरी नीति, कार्यक्रम र बजेट निर्माण गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गरेको छ ।
सूचना प्रविधि र आम सञ्चारको बढ्दो विकासले आम जनमानसले तथ्य बुझ्न कठीन परेको अवस्थामा राज्यका हरेक निकायमार्फत मिडिया साक्षरताका कार्यक्रम सञ्चालन गर्न र व्यवायीक पत्रकारीता, पेशागत सुरक्षा, क्षमता विकास, सामाजिक सुरक्षा, पत्रकार प्रोत्साहन तथा लेखनवृद्धीको व्यवस्थाका लागि आग्रह समेत गरेको छ ।
अन्तिम बुद्धामा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष तथा मिडिया उद्यमी क्यानसर पीडित कविन्द्र शेर्माको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै समस्यामा रहेका सम्पूर्ण पत्रकारको सहयोगमा सबै तहका सरकार समक्ष जोडदार माग गर्ने उल्लेख छ ।






प्रतिक्रिया