पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

योग दिवसमा सडक नाटक सहित योग अभ्यास


पाँचथर । पाँचथरको फिदिम बजारमा र्यालीसहित विभिन्न कार्यक्रम गरी ११ औं राष्ट्रिय योग दिवस मनाइएको छ । “स्वस्थ समाज समृद्ध नेपाल, विश्व सान्तिको लागि योग” भन्ने नारा सहित सडक नाटक र योग अभ्यास प्रर्दशन गर्दै मनाइएको हो । जीवन विज्ञान जीवन योग प्रयोगशाला र पातञ्जल योग समितिको सयुक्त आयोजनामा फिदिम बजारको चारखम्बे, अस्पताल मोड हुदै भानुमार्ग पुगेर र्याली कोण सभा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरूले योगको महत्व दर्शाउने व्यानर र राष्ट्रिय झन्डा सहित बजार परिक्रमा गरेका थिए । र्यालीपछि सामूहिक योग अभ्यास, प्राणायाम तथा ध्यान कार्यक्रम सम्पन्न गरिएको थियो । सोही अवसरमा क्षितिज नाट्य समुह पाँचथरले योगको महत्व र स्वस्थ जीवनशैली अपनाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरेको छ ।

कुमार ढकालको लेखन तथा बालकृष्ण बास्कोटा र शंकर आङ्देम्बेको निर्देशनमा प्रर्दशन गरिएको सडक नाटकले जेष्ठ नागरिकलाई सारिरिक रुपमा स्वस्थ्य र फुर्तिलो बनाउन निरन्तर योग अभ्यास गर्नु पर्ने सन्देश दिएको थियो । दैनिक जीवनमा योगको आवश्यकताबारे सन्देश दिने उदेश्यले नाटक प्रर्दशन गरिएको पातञ्जल योग समिति प्रदेश सदस्य राजेन्द्र अधिकारीले जानकारी दिए । ¥र्यालीमा योग समितिका सदस्य, जनप्रतिनिधि, नेपाली सेना, संघसस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अथिति फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेले योगले शारीरिक र मानसिक स्वास्थ्यमा सहयोग पु¥याउने भन्दै नियमित योग अभ्यासलाई निरन्तरता दिन आग्रह गरेका थिए । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, नगर उपप्रमुख राधाकृष्ण न्यौपाने लगायत जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । र्याली सहितको योग अभ्यास कार्यक्रम पातञ्जल योग समिति पाँचथर अध्यक्ष हेमप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको पातञ्जल योग समिति प्रदेश सदस्य राजेन्द्र अधिकारीले जानकारी दिए ।