पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिममा निशुल्क आँखा शिविर संचालन हुने


फिदिम । पाँचथरको फिदिम नगरपालिकाले तीन दिने निशुल्क आँखा शिविर संचालन हुने भएको छ । माघ ६, ७ र ८ गते मोतिबिन्दुको शल्यकृया सहितको आँखा शिविर गर्न लागिएको हो । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर अस्पतालमा शिविर संचालन हुने भएको छ ।

आँखाका रोगीहरुको लागि नगरपालिकाले जिल्ला अस्पताल पाँचथरमा शल्यकृया सहितको शिविर संचालन गर्न लागेको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको हो । “आँखाको उपचार अभावमा धेरै नागरिकले समस्या भोगिरहेका छन् । शिविरले उनीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरेका छौँ,” नगर प्रमुख काफ्लेले बताउनुभयो ।

शिविरमा आँखाको सामान्य जाँच, मोतियाबिन्दु शल्यकृया, चस्मा मापन, औषधि वितरण तथा आवश्यक परेमा थप उपचारका लागि सिफारिस गरिने व्यवस्था गरिएको छ । शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञसहितको चिकित्सक टोलीले सेवा दिने बताइएको छ । फिदिम नगरपालिकाले वषेनी बिभिन्न शिविर संचालन गरी नागरिकलाई सेवा दिदै आएको छ । आँखा, हाडजोर्नी, महिलाहरुको लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर लगायतका शिविर संचालन गर्दै आएको फिदिम नगरपालिकाले जनाएको छ ।