काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य लगातार बढिरहेको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको भाउमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँ मा कारोबार भएको थियो।
लगातार बढ्दो सुन–चाँदीको मूल्यले गहना व्यवसाय र उपभोक्तामाथि प्रभाव पार्ने अनुमान गरिएको छ।







प्रतिक्रिया