पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजै १० हजारले बढ्यो सुनको भाउ, प्रतितोला तीन लाख नजिक

चिन्तन खबर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ। मंगलबारको तुलनामा बुधबार एकैदिन प्रति तोला १० हजार ४०० रुपैयाँले बढ्दै सुनको भाउ तोलाकै तीन लाख रुपैयाँ नजिक पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ९२० रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो भने चाँदी ५ हजार ८८० रुपैयाँ मा किनबेच भएको थियो।

गत आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ६२५ रुपैयाँ मा कारोबार भएको थियो। सोमबार सुन २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८१० रुपैयाँ मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।