काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार एकैदिन ९ हजार २ सय रुपैयाँले वृद्धि हुँदै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।







प्रतिक्रिया