पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालेनले दिए सुशीला कार्की लाई ‘बधाई’

चिन्तन खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले शान्तिपूर्ण ढंगले तदान सम्पन्न भएकोमा सरकारलाई बधाई दिनुभएको छ।

बिहीबार मतदानको समय सम्पन्न भएसँगै झापा क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री कार्कीको नेतृत्वको सरकारले लोकतन्त्र जितेको बताउनु भयो ।

‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ,’ उहाँले भन्नुभयो ।

त्यसो त जेनजी आन्दोलनपछि चौतर्फी रुपमा बालेनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा अघि सार्नुपर्ने आवाज उठिरहेको थियो । तर बालेनले भने तत्कालीन समयमा कार्कीलाई अघि सार्नुभएको थियो।