होकाइदो (जापान) । नेपाली समाज होकाईदोको नयाँ कार्य समिति चयन भएको छ ।
आइतबार होकाइदोको इनीवामा भएको प्रथम अधिवेशनले राजन गिरीको अध्यक्षतामा १७ सदस्य नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा चाहना पुरी गिरी र रोशन निरौला चयन हुनुभएको छ । त्यस्तै सचिवमा महेन्द्र केसी, सहसचिवमा विकास गिरी, कोषाध्यक्षमा रामु गिरी चयन हुनु भएको छ। त्यस्तै सदस्यहरूमा दीपक गिरी, धुर्व गिरी, दीपक अर्याल, गोमा श्रेष्ठ खड्का, सुकलाल थकाली, बिपुल अधिकारी , कोसिस घले, विनय अर्याल, सोनम श्रेष्ठ, कृष्णहरी न्यौपाने र जानुका भट्ट चयन हुनु भएको हो ।
समाजले होकाइदो बसोबास गर्ने नेपालीहरुलाई सामाजिक, सांस्कृतिक तथा आर्थिक सहयोग गर्दै आएको छ । समाजले विशुद्ध समाज सेवाको अवधारणा लिएको छ।






प्रतिक्रिया