पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोटाङमा हेलिकोप्टर दुर्घटना

चिन्तन खबर

फिदिम। खोटाङमा शव बोकेको हेलिकोप्टर दुर्घटना भएको छ । आज जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटना भएको खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभयो ।

उक्त हेलिकप्टर काठमाडौंबाट शव बोकेर गाउँ पुगेको थियो ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले जानकारी दिनुभयो  । दुर्घटनामा मानवीय क्षति नभएको जानकारी आएको प्रजिअ कँडेलले बताउनुभयो।