काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ । आइबार प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार सुरु भएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।








प्रतिक्रिया