पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नौ वर्षपछि प्रशासकीय भवन निर्माण हुदै


पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिकाले नौ वर्षपछि प्रशासकीय भवन निर्माण गर्ने भएको छ । लामो समयदेखि भवन निर्माणको विषयमा सहमती नजुट्दा ९ वर्षदेखि भवन निर्माणको कामले प्राथमिकता पाएको थिएन । भवन निर्माणको लागि सहमतीको प्रयाससंगै भवन निर्माणको बाटो खुलेको हो । प्रमुख प्रशासकिय भवन निर्माणको लागि गाउँपालिकाले एम.के.एस कन्ट्रक्सन प्रा.लि सिन्धुलीलाई ठेक्का दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीयक अधिकृत जयनारायण खनाल र निर्माण व्यवसायी कृष्ण बहादुर कार्की बीच सम्झौता भएको छ । असार २१ गते सम्झौता गरी असार २६ गते भवनको शिल्यानास गरेको गाउँपालिकाले संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा १०, करोड ४२ लाख ४९ हजार ९६२.८० रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

कुम्मायक गाउँपालिका–१ साविक ३ को काफ्लेपानीका जग्गादाता नरेन्द्र प्रसाद निरौला, मेघराज निरौला, तुलसी प्रसाद निरौला लगायत निरौला परिवारहरुले १ करोड मूल्य पर्ने ८ रोपनी जग्गा पुर्खाहरुको स्मृतिमा निशुल्क उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता तथा कुम्मायक–१ वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले जानकारी दिनुभयो । भवन निर्माणको लागि कार्यपालिका बैठकको निर्णय सहित सर्वदलीय र सर्वपक्षीय सहमतिमा भवन निर्माण हुन लागेको लावतीको भनाइ छ ।

भवन निर्माणको जिम्मा पाएको एम.के.एस कन्ट्रक्सन प्रा.लि सिन्धुलीका निर्माण व्यवसायी कृष्ण बहादुर कार्कीले सम्झौता अवधि अगावै काम पुरा गर्ने बताउनुभयो । २०८३ साउनदेखि भवन निर्माणको काम सुरु गरी चाँडै काम पुरा गर्ने लक्ष्य लिएको कार्कीको भनाइ छ ।