पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री वितरण


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङस्थित धाम सरस्वतीसहित तीन विद्यालयका ७३ जना विद्यार्थीलाई १ लाख १० हजार रुपैयाँ बराबरको स्कुल पोशाक वितरण गरिएको छ । विहिवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच स्व.हरिचन्द्र भण्डारीको स्मृतिमा आयरल्याण्डमा बस्दै आएका छोरा चित्रमणि भण्डारीले बलबहादुर, धाम सरस्वती र पञ्चकन्या आधारभूत विद्यालयका ७३ जना विद्यार्थीलाई ज्याकेट, ट्राकसुट र टी–सर्ट वितरण गर्नुभएको छ ।

धाम सरस्वती विद्यालयका पुर्वविद्यार्थी समेत रहेका भण्डारीले परिवारको स्मृतिमा तीन विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन र हौसला स्वरुप उक्त सहयोग गरेको बताउनुभयो । उहाँले धाम सरस्वतीका ३९, पञ्चकन्याका २३ र बलबहादुर आधारभूत विद्यालयका ११ जना विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

उहाँकै समन्वयमा झापाको शिवसताक्षी नगरपालिका २ घरभई हाल आयरल्याण्डमा कार्यरत अर्जुन खनालले २० हजार मुल्यको शैक्षिक सामाग्री र मोरङको उर्लावारी घरभई आयरल्याण्ड बस्ने सेखर खतिवडाले अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगिताको लागि २५ हजार रुपैयाँ सहयोग गरेको धाम सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक कमल प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई यस्ता सामग्री सहयोगले पठनपाठनमा थप सहजता पुग्ने कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सभाका सदस्य तथा पुर्वमन्त्री कमल प्रसाद जबेगूले बताउनुभयो । दाताको प्रशंसा गर्दै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारको क्षेत्रमा प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय गरी काम गर्दै आएको जबेगूको भनाइ थियो ।

सोही कार्यक्रममा सन्पन्न भएको अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगिताको प्रथम सरस्वती आधारभूत विद्यालय लामाटार, दोस्रो सिद्ध सरस्वती माध्यमिक विद्यालय चौथी र तेस्रो धाम सरस्वती आवि भएका थिए, भने् सात्न्वना फाक्चुवा र बलबहादुर आधारभूत विद्यालय हुदै नगद पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कमल जबेगु, विशिष्ट अथिति कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती रहेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।