Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फेसबुकको माध्यमबाट क्यान्सरपीडितको उपचारमा २७ लाख सङ्कलन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फेसबुकको माध्यमबाट क्यान्सरपीडितको उपचारमा २७ लाख सङ्कलन

चिन्तन खबर

फिदिम । सामाजिक सञ्जालको उपयोग गरेर यहाँकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि रु. २७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राई (सुस्मिता)को उपचारका लागि फेसबुकको माध्यमबाट रु. २७ लाख ११ हजार ४२९ सङ्कलन भएको हो ।

स्तनको क्यान्सर भएकी सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारमा आर्थिक सहयोग गर्न अपील गर्नुभएको थियो । सहयोग सङ्कलनको अभियानमा सामाजिक सञ्जालमार्फत नै देश विदेशमा रहेका मानिसहरु जोडिएका थिए ।

बान्तवाको आव्हानपछि देश तथा विदेशमा रहेका सहयोगीहरुले बैङ्क खातामा रकम जम्मा गरेका थिए । सहयोग रकम जम्मा गर्ने सबैको तस्वीरसहित धन्यवाद ज्ञापन गरिएको फेसबुक स्टाटस पनि हाल्ने गरिएको थियो ।

चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन थालेकी सजिनाको थप उपचार झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा चलिरहेको छ । उपचारमा मोटो रकम आवश्यक भएको तर विरामीका परिवारसँग प¥याप्त रकम नभएपछि बान्तवाको अगुवाईमा सामाजिक सञ्जाल फेसबुकमा सहयोग सङ्कलनको अभियान चलेको थियो ।

रकम सङ्कलनपश्चात सजिनाको शल्यक्रिया भई जीवन रक्षा गर्न आफूहरु समर्थ भएको अभियन्ता बान्तवाले वताउनुभयो । “सबैको साझा प्रयासबाट सजिनालाई बचाउन सफल भयौं । त्यही खुशी बाड्न चाहन्छु”, उहाँले भन्नुभयो ।

बान्तवाको अगुवाईमा यसअघि पनि कमजोर आर्थिक अवस्थाका विरामीहरुको उपचारमा लाखौं रकम सङ्कलन भई धेरैको जीवन रक्षा सम्भव भएको फालेलुङ–६ का पनिता राईको भनाई छ ।