Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
हेर्नुहोस् आजको राशिफल (२०८१ भाद्र ६ गते विहिबार) « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

हेर्नुहोस् आजको राशिफल (२०८१ भाद्र ६ गते विहिबार)


वि. सं २०८१ भाद्र ६ गते विहिबारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )

आनन्दमय दिन बित्नेछ। यात्रा गर्नुपर्नेछ। बिछोडिएका आफन्तसँग भेट होला। सरकारी कामकाजमा आफ्नो प्रभाव रहनेछ। शैक्षिक क्षेत्रमा सन्ततिसँग सहकार्य गरि अघि बढे सफलता मिल्नेछ । वैदेशिक क्षेत्रका कामहरु अधुरा रहनेछ्न।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )

आजको दिन निक्कै राम्रो रहेको छ। रोकिएका कामहरू बन्नेछन् ।संतानको कार्यसाधना हेतु यात्रा गर्नुपर्ने हुनसक्छ ।ब्राम्हण जातिका मित्रबाट सहयोग मिल्नेछ।दिनको उत्तरार्धमा भने अशुभ समाचार सुन्न पाइने छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आजको समय मिश्रित फलदाता हो। आय आर्जनमा राम्रै प्रगती होला। विश्वास गरेकाहरुले धोका दिन सक्छ्न।प्रसासनिक झमेला नहोला भन्न मिल्दैन। दिनको उत्तरार्धमा मनोरञ्जनात्मक कार्यमा सहभागी हुन पाइने छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

आज स्वास्थ्य समस्याले सताउला जस्तो छ। आर्थिक नोक्सानीको योग परेको हुनाले आज कुनै पनि कारोबारमा लगानी नगरेकै राम्रो । भाग्यको भर पर्दा बन्न लागेको काम पनि विग्रन सक्छ। सुर्य एवं शनिको उपासना गर्नु जरुरी देखिन्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )

आनन्दका साथ दिन बित्नेछ।शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला। अर्थ वाणिज्य क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ।घर परिवारको राम्रो सहयोग प्राप्त होला।वाणीको मधुरताले प्रभाव पार्न सकिनेछ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )

सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन । द्वितिय मंगलको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

कार्यक्षेत्रमा गरेको लगानी नाफामुलक हुनेछ। नोकरीमा सम्मान मिल्नेछ। छोटामोटा यात्रा हुनेछ्न । गुप्त शत्रुबाट भने सचेत रहनुहोस।पढाइमा सपलता मिल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)

मध्यम खालको दिन रहेको छ। शत्रुहरु सकृय हुन सक्दछन। खनिज जन्य पदार्थको कारोबार गर्नु राम्रो मानिन्छ। विद्यार्थी वर्गहरुका लागि प्रगतिकारक समय रहेको छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

आज अपरान्ह देखि नयाँ कार्यको थालनी हुनसक्छ। खर्चको वृद्धि नियन्त्रण गर्नुहोला ।वित्तीय सँस्था र कृषिमा गरेको लगानी फलदायी हुनेछ।पति पत्नीमा समझदारीको खाँचो हुनसक्छ ।देवीको उपासना गर्नु राम्रो होला।