फिदिम । पाँचथरमा राहदानी वितरण अवरुद्ध भएको छ। राहधानी तथ्याङ्क व्यवस्थापनमा समस्या आएपछि एक सूचनामार्फत बिहीबार राहदानी वितरण नहुने जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको हो ।
केन्द्रीय सर्भरमा समस्या आएर सिस्टम नचलेका कारण जिल्लाबाट फोटो खिच्ने र बायोमेट्रिकको काम स्थगित गरिएको कार्यालयले सूचना निकालेर जानकारी दिएको छ ।
आज समय लिएकाहरूलाई भोलि या अर्को दिन पनि प्राथमिकताका साथ सेवा दिने सूचनामा भनिएको छ ।
समस्या समाधानका लागि प्रयास भइरहे पनि समाधान हुन केही समय लाग्ने बताइएको छ ।
प्रतिक्रिया