पाँचथर । सिद्धदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं साधारण सभाबाट अध्यक्षमा मदन रार्इ निर्वाचित हुनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारको सिद्धदेवी बहुउदेश्यीय सहकारी संस्थाको आइतवार सम्पन्न भएको २१ औं साधारण सभाले मदन चाम्लिइ राईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित हुनुभएको छ ।
समितिको उपाध्यक्षमा जकेन्द्र लावती, सदस्य चन्द्र बहादुर लावती, भुपि कार्की लगायत ९ सदस्यीय कार्यसमिति निर्वाचित हुनुभएको हो । साधारण सभाले रोशन घिमिरेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत निर्वाचित गरेको छ । २०२१ सालमा स्थापना भएको सहकारी संस्थामा ६६३ जना सेयर सदस्य रहेका छन । सहकारीको नाममा रहेको घर र घडेरीको संरक्षण गरी संस्थाको कामलाई चलायमान गराउने नवनिर्वाचित समितिका अध्यक्ष मदन राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया