पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिङ्देनको सरकारलाई कडा चेतावनी : ‘खास लडाइँ भोलिबाट सुरु हुन्छ !’

विपुल अधिकारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्ष कमल थापा सहितका नेताहरूको पक्राउप्रति तीव्र आपत्ति जनाउँदै सरकारलाई कडा चेतावनी दिनुभएको छ।

कमल थापालाई प्रहरीले लछारपछार गर्दै पक्राउ गरेपछि आक्रोशित लिङ्देनले घटनास्थलमा खटिएका सुरक्षा कमान्डलाईसमेत लाई चेतावनी दिनुभएको हो। उहाँले थापा लगायत सबै नेताहरूको बिनासर्त रिहाइको माग गर्नुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले भन्नुभयो, “नेताहरूलाई जहाँबाट समातियो, त्यहीँ ल्याएर छोड्नुहोस्। हैन भने देशभरबाट सबै राजावादीहरूलाई काठमाडौं बोलाउँछौं।”

उहाँले शान्तिपूर्ण रूपमा चलिरहेको आन्दोलनमाथि सरकारले दमनकारी शैली अपनाएको आरोप लगाउँदै अब आन्दोलनको स्वरूप परिवर्तन हुने संकेत दिनुभयो। उहाँले थप भन्नुभयो, “अब हामी देशभरिबाट साथीभाइहरूलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ। एक ठाउँबाट मात्र आन्दोलन होइन, अब ५० ठाउँबाट आन्दोलन सुरु गर्छौं।”

यसअघि बालुवाटारतर्फको जुलुसलाई रोक्न खोज्ने क्रममा प्रहरीले राप्रपा अध्यक्ष कमल थापा सहितका नेताहरूलाई नियन्त्रणमा लिएको थियो। घटनाले राजनीतिक वातावरण तातिएको छ भने राप्रपाले देशव्यापी संघर्षको तयारी थालेकोसंकेत दिएको छ।