पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यार्थीलाई उच्च शिक्षा अध्यायनको लागि छात्रवृत्ति


यासोक÷पाँचथरको कुम्मायक गाउँपालिकाका ३८ जना विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यायनको लागि छात्रवृत्ति प्रदान गरिएको छ । कुम्मायकको तीन वटा वडाले यासोक क्याम्पसमा अध्यायन गर्ने ३८ छात्र र छात्राहरुलाई ३ लाख ४९ हजार रुपैयाँको छात्रवृति प्रदान गरेको हो ।
गत आर्थिक वर्ष २०८१÷०८२ को ३ लाख ४९ हजार रकमबाट कुम्मायक–३, ४ र ५ का ३८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । जसअनुसार कुम्मायक–३ सेपेनी वडाका १३ जनालाई १ लाख ५० हजार, कुम्मायक–४ रानीगाउँका १३ जनालाई १ लाख र कुम्मायक–५ का १२ जनालाई ९९ हजार रुपैयाँ गरी ३ लाख ४९ हजारमा ३८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

आर्थिक रुपमा बिपन्न र जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यायनको लागि सहज होस भन्ने उदेश्यले सहयोग गरिएको कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरेले बताए । उच्च शिक्षा अध्यायनको लागि छात्रवृत्ति पाउने भएपछि विद्यार्थीहरुको संख्या समेत बढेको छ ।