यासोक । गुह्येश्वरी आधारभुत विद्यालयमा स्व.मिना सोडारी स्मृति अक्षयकोष स्थापना गरिएको छ । कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभुत विद्यालयमा दुम्सिपोखरीमा स्व. मिना सोडारी स्मृतिमा २० हजार ५० रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सोडारीको स्मृतिमा परिवारले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको हो ।
स्व.मिना सोडारीका बुवा डिगबहादुर सोडारीले विद्यालयका प्रध्यानाध्यापक भक्तबहादुर तामाङलाई नगद रकम हस्तान्त्रण गर्नुभएको थियो । अक्षयकोषको वार्षिक व्याज रकमबाट विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न अक्षयकोष स्थापना गरेको उहाँको भनाइ छ ।
स्व.सोडारीको २०४८ सालमा जन्म भई २०७४ सालमा अल्पआयुमै मृत्यु भएको थियो । विद्यालयको पुर्व शिक्षकको रुपमा कार्यरत सोडारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो । विद्यालयमा यस अघि पनि दाताहरुले स्थापना गरेको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति बितरण हुदै आएको छ ।
प्रतिक्रिया