काठमाडौं । मुन्धुमको महत्व, संरक्षण र विस्तारका लागि नयाँ पुस्तालाईसमेत संलग्न गराउनुपर्नेमा सरोकारबालाहरुले जोड दिनुभएको छ । काठमाडौंमा शनिवार याक्थुङ नेम्वाङ समाजले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनु पर्ने बताउनुभएको हो ।
कार्यक्रममा मुन्धुममा थेबा माङको सान्दर्भिकताबाारे विज्ञहरुले धारणा राख्नुभएको थियो । मुन्धुमविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकूलपति तिलविक्रम नेम्वाङ “वैरागी काइँला”ले थेबा माङलाई मुन्धुमको ज्ञान र संस्कारसँग जोडिएको मूल आधारका रूपमा व्याख्या गर्नुभयो । उहाँले यसको संरक्षणमा सबैको भूमिका आवश्यक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै अमर तुम्याङ, येहाङ लावती, अर्जुन नुगो, नवीन लिङ्देन र मुन्धुम लिम्बुले मुन्धुमबारे जागरण फैलाउनुपर्नेमा जोड दिनुभएको थियो ।
सो क्रममा उनीहरुले मुन्धुमको महत्वबारे प्रकाश पार्दै यसको संरक्षण र विस्तारका लागि नयाँ पुस्तालाई समेत संलग्न गराउनुपर्ने बताउनुभएको हो ।
मुन्धुम र थेबा माङको महत्वबारे सरोकारवालाबीच साझा दृष्टिकोण बनाउन सम्बन्धित विषयमा याक्थुङ नेम्वाङले यस्ता कार्यक्रम नियमित गर्नुपनेसमेत बताइएको छ ।
प्रतिक्रिया