पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायक गाउँपालिकाको अनियमितता रोक्न दलहरुको सुझाव


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा वेथिति बढ्दै गएको भन्दै ६ राजनीतिकदलहरुले सयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन । नेपाली कांगेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र सयुक्त पहिचानवादी सहित ६ राजनीतिक दलहरुले मंगलबार गाउँपालिकालाई ध्यानाकर्षण गराएका थिए । दलहरुले दुई पृष्ठको ११ बुदे ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई बुझाएका हुन ।

गाउँपालिकामा नीतिगत भ्रष्ट्रचारको गुनासो बढेको, कानुन विपरित कर्मचारीलाई आवस सुविधा दिएको र सरकारी सवारीसाधनको चरम दुरुपयोग गरेको भन्दै ध्यानाकर्षण गराएका छन । कर्मचारीको आवस सुविधामा लाखौं रुपैयाँ खर्च गरेको भन्दै तत्काल सुविधा कटौती गर्न माग गरिएको नेकपा एमाले कुम्मायक अध्यक्ष मेघराज निरौलाले बताए ।

गाउँपालिकाले उपाध्यक्ष महेन्द्र बहादुर खड्कको जग्गामा कुखुरा पालन गर्न २२ रोपनी जग्गा लिजमा लिएको उल्लेख छ । दुई आर्थिक वर्षमा ४१ लाख खर्च गर्न स्वार्थ बाजिने गरी निजि जग्गा विधि र प्रकृया समेत पुरा नगरी लिजमा लिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै गाउँपालिकाले शिक्षा ऐन विपरित विद्यालय मर्ज गरेको, नागरिकले पाउँने सुचनाको हकलाई बञ्चित गरेको भन्दै नागरिक बडापत्र राख्न सुझाव दिएको छ ।

गाउँपालिकाले औजार र उपकरण मसल खरिद गरेको । खरिदमा संलग्न कर्मचारीलाई छानविन गरी कारर्वाही गर्न समेत माग गरिएको छ । ध्यानाकर्षण पत्रलाई बेवास्ता गरे कडा प्रतिवाद गर्ने दलहरुको चेतावनी दिएका छन । यता गाउँपालिकाले भने ध्यानाकर्षण पत्रको अध्यायन गरी आवश्यक जवाफ दिने जनाएको छ ।