यासोक । जय नेपाल कपको वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ यासोकले हात पारेको छ । पृथ्वी माविको खेलमैदान यासोकमा शनिवार सम्पन्न भएको फाइनल खेलमा कुम्मायक–४ नम्बर वडा रानीगाउँलाई २–१ गोल अन्तरले हराउँदै आयोजकले उपाधि हात परेको हो ।
उपाधिको लागि आयोजकका हेमन्त लावती र सुशिल लावतीले गोल गर्दै उपाधि दिलाएका थिए । खेलकको सुरुवाती समयमा रानीगाउँका दिल सम्बाहाम्फेले हेर्ड गर्दै गोल गरेका थिए । दबावमा परेको आयोजकका हेमन्त लावतीले फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै खेललाई बराबरीमा रोके । प्रतियोगिताको अन्तिम समयमा आयोजककै सुशिल लावतीले निर्णायक गोल गर्दै उपाधि दिलाए ।
उपाधि हात पारेको आयोजक ‘बी’ ले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको थियो । उपविजेता बनेको रानीगाउँले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । प्रतियोगिताको बिजेता र उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अथिति फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, बिशिष्ठ अथिति तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का र कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले पुरस्कार बितरण गर्नुभएको थियो ।
प्रतियोगिताको बिभिन्न बिधातर्फका खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो । असोज २२ गतेदेखि संचालन भएको प्रतियोगितामा कुम्मायकका आठ टीम सहभागी रहेको नेविसंघ केन्द्रिय सदस्य चेतन लावतीले जानकारी दिनुभयो । प्रतियोगिता नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाँचथरले अयोजना गरेको थियो ।
प्रतिक्रिया