पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायकको सडक अनुगमन, कमजोरी सुधार गर्न निर्देशन


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा कोशी प्रदेश सरकारको सहयोगमा सडक स्तरउन्तीको काम हुदै आएको छ । कुम्मायक–५ को मदन आश्रीत–बालकेन्द्र, पिपलबोटे सडकको गुणस्तरमा स्थानीयले प्रश्न उठाएपछि पुर्वाधार विकास कार्यालय पाँचथरले अनुगमन गरेको छ । अनुगमनको क्रममा सोलिङ र नालिमा समस्या देखिएको भन्दै सुधार गर्न निर्देशन दिएको हो ।

कोशी प्रदेश सरकारको १४ लाख, ६९ हजार ३३३ रुपैयाँमा पूर्वाधार विकास कार्यालय पाँचथरले सुवर्ण निर्माण सेवा फिदिम–२ लाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले २०८२ मंसिर २ गतेदेखि असार मसान्तसम्म सडकको काम पुरा गर्नु पर्नेछ । सडक निर्माणको क्रममा केही सोलिङमा समस्या आएको भन्दै त्यसलाई सुधार गर्ने निर्माण व्यवसायी सिव अधिकारीले बताए । स्थानीयका केही गुनासा छन् । यसलाई हामी पुरा गछौ अधिकारीले भने ।

निर्माण कम्पनीले सोलिङ, ग्रावेल, ग्याबिन वाल, माटो कटिङको काम गर्दैै आएको छ । सडकको सोलिङ, ग्रावेल र नालीको गुणस्तरमा स्थानीयले गुनासो गरेपछि पुर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर मुकेश शाहको टोलिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा सडक निर्माण तथा मर्मतसम्भारमा देखिएका कमजोरीहरू पहिचान गरी तत्काल सुधार गर्न निर्देशन दिइएको शाहको भनाइ छ ।

अनुगमन टोलिले यासोक–थर्पूसम्मको सडक खण्डमा पनि अनुगमन गरेको छ । प्रदेश सरकारले भ्याट सहितको १४ लाखको लागतमा कुम्मायक–१ यासोककै खड्ग पद्मा निर्माण सेवाले योजनाको काम अन्तिम चरणमा पु¥याएको छ । सडक निर्माणको काम राम्रो भएकाले यही पुष महिना भित्र ग्याभिङ वाल, सोलिङ र ग्रावेलको काम पुरा गर्ने अनुगमन टोलीले जनाएको छ ।