पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रैथाने खाना महोत्सव, परम्परा र पहिचानको संरक्षण


पाँचथर । स्थानीय परिकार, मौलिक स्वाद र सांस्कृतिक पहिचानको संरक्षण खासै चासो दिएको पाइदैन । आधुनिकताले परम्परागत सस्कार सस्कृति र पहिचान हराउँदै गएको बेला पाँचथरमा भने यसको संरक्षण गर्न थालिएको छ ।

पाँचथरको फिदिम बजारमा नेपाल मगरसंघ पाँचथरले रैथाने खाना महोत्सव आयोजना गरेको छ । माघे संग्रान्तीको अवसरमा आयोजनाले गरेको रैथाने खाना महोत्सवले दर्शकको ध्यान तानेको छ । महोत्सवमा विभिन्न जातजातिको पहिरनमा झाँकी प्रर्दशन गरिएको थियो । त्यस्तै परम्परागत रुपमा प्रयोग गर्ने घरेलु औजार, खानाका परिकार प्रर्दशनले नेपाली मौलिक संस्कृतिको संरक्षण गरेको स्थानीय कमल बास्कोटाले बताउनुभयो ।

महोत्सवमा ढिँडो, गुन्द्रुक, सिन्की, फापरको रोटी, कोदोको सेल, स्थानीय अचारलगायत परिकारको स्वाद मात्र होइन, पुर्खाले चलाउने प्राचिन औजारप्रति चासो पनि बढाएको छ । परम्परागत भेषभूषाका तश्विर र सास्कृतिक नृत्यले कार्यक्रमलाई अझ आकर्षक बढाएको थियो । रैथाने खानाको संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नै संस्कृति चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको नेपाल मगर संघ पाँचथरका कोषाध्यक्ष राजेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

स्थानीय उत्पादनलाई बजारिकरण गर्दै परिश्रमी किसान र उद्यमीहरुले यो महोत्सव अवसरको रुपमा लिएका छन । आफ्नै उत्पादन प्रदर्शनी र बिक्री गर्न पाउँदा उनीहरू उत्साहित देखिन्थे । सांस्कृतिक जगेर्नासँगै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन फिदिम नगरपालिकाले बजेट बिनियोजन गरी सहयोग गर्दै आएको नगरपालिकाका उपप्रमुख, राधाकृष्ण न्यौपाने बताउनुभयो ।

नगरपालिकाले कार्यक्रम सम्पन्न गर्न ५ देखि ६ लाखसम्म सहयोग गर्न लागेको न्यौपानेको भनाइ छ । बिभिन्न भेषभुषामा रैथाने खाना महोत्सवले परम्परा, पहिचान र स्वादलाई एकै थलोमा जोड्दै नेपाली संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिएको छ ।