पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

चिन्तन खबर

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले आज फेरि अर्को कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक मूल्य हो ।

हिजो सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो ।

त्यसैगरी चाँदीको भाउ आज तोलामा १ सय ५ रुपैयाँ बढेर ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने चाँदीको भाउ प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ थियो ।