पाँचथर । पाँचथरका चार जना पत्रकार सम्मानित भएका छन् । कृयाशिल पत्रकार पुरस्कारबाट रमेश थापा र उदयमान पत्रकारिता पुरस्कारबाट इवारा जबेगु सम्मानित भएका हुन । प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा सुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमका बीच प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति पाँचथरले दुबै पत्रकारलाई सम्मान–पत्र प्रदान गरी पुरस्कृत गरिएको थियो ।
त्यस्तै अग्रज पत्रकारको रुपमा सहमान विश्वकर्मा र सान्ति राईलाई सम्मान गरिएको छ । विश्वकर्मा र राईलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अथिति नेकपा एमाले केन्द्रिय सदस्य आशारत्न जबेगु र भूमिका सुब्बालाई एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी बिभिन्न पेसागत संगठनका पत्रकारहरुले स्थापना दिवसको शुभकामना दिदै जिम्मेवार पत्रकारिताले मात्रै समाजलाई सही दिशातर्फ डो¥याउने उल्लेख गर्दै पत्रकारहरूको भूमिका समाज रुपान्तरणको लागि महत्वपूर्ण हुने उल्लेख गरेका थिए । कार्यक्रमका सहभागी पत्रकार र अथितिहरुलाई मायाँको चिनो बितरण गरिएको थियो कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति अध्यक्ष मदन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।







प्रतिक्रिया