पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीमा अक्षयकोष स्थापना गरिएको छ । विहिबार विद्यालयमा अक्षयकोष हस्तान्त्रण कार्यक्रमका बीच कुम्मायक–५ को नरकटे घरभई हाल झापा र मोरङ जिल्लामा बस्दै आएका सोडारी परिवारले अक्षयकोष स्थापना गरेका हुन ।
स्व. जितबहादुर र नैनकला सोडारी स्मृतीमा नगद १ लाख १ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । त्यसैगरी स्व.रामबहादुर सोडारीको स्मृतीमा १५ हजार १५० रुपैयाँको अक्षयकोष पनि स्थापना गरिएको छ । सोही अवसरमा कक्षा–८ मा अध्यायन गर्ने विद्यार्थीहरुलाई अक्षयकोष दाता परिवारले शैक्षिक सामाग्री वितरण समेत गरेको थियो ।
अक्षयकोषको वार्षिक व्याज रकमबाट विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले शैक्षिक सामाग्री प्रदान गर्ने अक्षयकोषदाता नारायण सोडारीले बताए । शिक्षण सिकाइ कृयाकलाव प्रभावकारी बनाउन सबै विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीको बितरण गर्ने सोडारी परिवारको भनाइ छ ।
परिवारको सम्झनालाई दीर्घकालीन र अर्थपूर्ण बनाउन अक्षयकोष स्थापना गरेको भन्दै ब्याज रकमले शैक्षिक गतिविधिलाई अघि बढाउन सहयोग पुग्ने दाताहरुको अपेक्षा छ । विद्यालय र अक्षयकोषदाताको सहकार्यलाई उदाहरणको रूपमा लिँदै आगामी दिनमा शैक्षिक उपलब्धि अभिवृद्धिका लागि यस्ता सहयोगलाई प्रभावकारी रूपमा संचालन गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाले बताए ।
विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दुर्गा प्रसाद बम्जन र प्रधानाध्यापक भक्त बहादुर तामाङले अक्षयकोष दाताहरुको प्रशंसा गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीको सहभागीता रहेको थियो ।







प्रतिक्रिया