पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका त्रिशाली पुजा एवम् मेला लाग्ने भएको छ । प्रत्येक ३ वर्षमा लाग्दै आएको मेला यो वर्ष लाग्ने भएको हो । मेलाको तयारीको लागि त्रिशाली पूजा एवम् मेला मुल समारोह समिति समेत गठन भएको छ । कुम्मायक–१ का वडाअध्यक्ष तथा पालिका प्रवक्ता देबेन्द्रकुमार लावतीको अध्यक्षतामा ७३ सदस्य तङ्सुम तङ्नाम, त्रीशालि पूजा एवम् मेला मुल समारोह समिति गठन भएको छ ।
कुम्मायक गाउँपालिकाका अध्यक्ष वम प्रसाद लावतीको अध्यक्षतामा वसेको भेलाले वडाअध्यक्ष लावतीको अध्यक्षतामा ७३ सदस्यिय त्रिशाली पूजा एवम् मेला मुल समारोह समिति गठन भएको हो । समितिको उपाध्यक्षमा कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरे, उपाध्यक्ष लक्ष्मी त्रिखत्री, सचिवमा डिल्लीश्वर चेम्जोङ रहेका छन । त्यस्तै सहसचिव तेजप्रकाश लावती, कोषाध्यक्षमा मान बहादुर सम्बाहाम्फे लगायत ७३ सदस्य मुल समारोह समिति गठन भएको छ ।
गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीको संयोजकत्वमा सात सदस्य सल्लाहाकार समिति समेत गठन गरिएको छ । जसको सदस्यमा उपाध्यक्ष महेन्द्र बहादुर खड्का, ४ नम्बर वडा अध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फे, निवर्तमान पालिका अध्यक्ष जय बहादुर चेम्जोङ, तमोर तमोर पम्पीङ खानेपानी उपभोक्ता समिति अध्यक्ष मेगराज निरौला, २ नम्बर वडाअध्यक्ष बालकृष्ण सेर्मा र जिल्ला समन्वय समिति निवर्तमान सदस्य मनमाया लावती रहेका छन । पूजा एवम् मेला लाग्ने मिति मुल समारोह समितिको पहिलो बैठक वसी टुङ्गो लगाउने गठीत समितिका अध्यक्ष देबेन्द्र कुमार लावतीले जानकारी दिनुभयो ।







प्रतिक्रिया