पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा

चिन्तन खबर

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ ।

विमानस्थल र आसपास क्षेत्रमा प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि जिल्ला प्रशासन कार्यालयले विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासनले बिहीबार ९२९ माघ० देखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएसँगै अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ ।’

हेर्नुहोस् सूचना