पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरमा नमुना मतदान सम्बन्धि अभ्यास


पाँचथर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पाँचथरमा नमुना मतदान अभ्यास गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्ने उदेश्यले फिदिम स्थीत नेपाली सेनाको बीरदल गणमा नमुना अभ्यास प्रर्दशन गरिएको हो ।

नमुना मतदान अभ्यासमा मतदान स्थल सर्च, सुरक्षा समन्वय, शंकास्पद बस्तु फेला पर्दा अपनाइने सावधानी, भीड तथा हुलदङ्गा नियन्त्रण लगायतका अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाका बिभिन्न स्थानमा शुरक्षाकर्मी परिचालन गरेको सेनाले निर्वाचनको समयमा हुने भीड तथा हुलदङ्गामा सक्तिको प्रयोग, संयुक्त अपरेशन सेल समन्वयात्मक कार्यशैली प्रस्तुत गरिएको थियो ।

मतदानपछि मतपेटिका शुरक्षित रुपमा स्कर्टिङ गरी मतगणना स्थलसम्म ढुवानी गर्ने प्रकृया, प्रर्दशन समेत गरिएको नेपाली सेना बीरदल गणका गणपती प्रमुख सेनानी किशोर अधिकारीले जानकारी दिए । नमुना मतदान अभ्यास कार्यक्रम अवलोकनको क्रममा प्रमुख जिल्ला अधिकारीले बासुदेव दाहालले यस अभ्यासले सम्भावित चुनौतिको सामना गर्न सुरक्षा संयन्त्रलाई थप सुदृढ र सक्षम बनाउने बताए ।

नमुना मतदान अभ्यास कार्यक्रम जिल्ला स्थीत शुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकृत, सरकारी कार्यालयका प्रमुख राजनीतिकदलहरुको सहभागीता रहेको थियो ।