पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायक पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ । कुम्मायक गाउँपालिकाभित्रका २३ महिनाभित्रका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने सबै प्रकारका खोप लगाइएको निश्चित गरी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो ।

कुम्मायक गाउँपालिकामा रहेका १६ महिनादेखि ५९ महिनासम्मका ५६२ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै प्रकारका खोप लगाएको तथा १५ महिनाभन्दा कम उमेरका २२८ जना बालबालिकाले निर्धारित खोप नियमित रूपमा लगाइरहेको यकिन गरी पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । कुम्मायक गाउँपालिकामा खोप नलगाएका बालबालिकाको सङ्ख्या शून्य भएका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले जानकारी दिए ।

कुम्मायक गाउँपालिकाको कार्यालयमा मंगलबार आयोजित घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनार र जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बेले अध्यक्ष लावतीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरे ।
११ हजार ८ सय २७ संख्यामा रहेको कुम्मायक पालिकामा १५ महिनाभन्दा कम उमेरका २२८ जना र १६ महिनादेखि ५९ महिनासम्मका ५६२ जना बालबालिका रहेका छन्।

गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य चौकी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रसंशा पत्र प्रदान गरेको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक–१ का वडाअध्यक्ष तथा प्रवक्ता देबेन्द्रकुमार लावती लगायत ४ वटा वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, स्वस्थ्यकर्मी र कर्मचारीको सहभागीता रहेको थियो थियो । घोषणा सभा स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले संचालन गरेका थिए ।