यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक–कुसायक त्रिशाली आमन्त्रण गोडल्कपको आजको दोस्रो खेलमा झापा ११ झापालाई २–० गोल अन्तरले हराउँदै रेडहर्ष फुटबल क्लव इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । यासोक स्थीत आइतवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको दोस्रो क्वाटर फाइनल खेलमा झापालाई २–० गोल अन्तरले हराउँदै इलाम सेमिफाइनलमा प्रवेश गरेको हो ।
इलामको जीतको लागि खेलको ६० औं मिनेटमा हेर्डमार्फत हिटेन सुहाङले गोल गर्दै खाता खोलेका थिए । त्यस्तै ६३ औं मिनेटमा पुन ः इलामका बिनोद धमलाले दोस्रो गोल गर्दै २–० को सुखत जीत दिलाए ।
प्रतियोगिताको म्यान अफ दि म्याच इलामका हिटेन सुहाङ घोषित हुदै नगद ७ हजार सहित ट्रफि मेडल हात पारे । प्रतियोगिताको तेस्रो खेल भोली म्याङलुङ स्पोटिङ क्लव तेह्रथुम र मरिक फुटबल क्लब धरान बीच हुने आयोजक यलम्बर युवा संस्थाका अध्यक्ष भिमनारेन लावतीले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजेता टोलीले नगद ४ लाख २५ हजार ५५५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने् उपविजेता टोलीले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगितामा आठ टीमको सहभागीता रहेको छ ।








प्रतिक्रिया