पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर, ३ हजार बढि लाभान्वित


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको कुम्मायक आधारधूत अस्पतालमा जेष्ठ १३ र १४ गते संचालन भएको वृहत स्वास्थ्य शिवरमा १ हजार ४ सय ६९ जनाले सेवा लिएका छन । शिविरमा ९११ पुरुष र ५६८ महिला गरी १ हजार ४ सय ७९ जनाले सेवा लिएका हुन । त्यस्तै बिभिन्न बिभागबाट ओपिडी सेवा ३ हजार २ सय ३४ जनाले लिएका थिए । शिविरमा सामान्यदेखि जटिल स्वास्थ्य समस्याका बिरामीहरुले विशेषज्ञ चिकित्सकबाट परामर्श र उपचार सेवा पाएका थिए । गाउँघरमै विशेषज्ञ सेवा पाएपछि राहत महसुस गरेको शिविरमा सेवा लिन पुगेका स्थानीयले बताएका छन ।

पूवी पृतना हे.क्वा.को मार्गदशन नं. २१ बाहिनी अड्डाको पहल, वीरदल गण पााँचथरको आयोजनामा सैनिक अस्पताल ईटहरीको प्राविधिक सहयोगमा शिविर संचालन भएको छ । कुम्मायक गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा संचालन भएको शिविरमा फिदिम नगरपालिका, फाल्गुनन्द, तुम्वेवा र मिक्लाजुङ्ग गाउँपालिकाका नागरिकले सेवा लिएका थिए ।

११ वटा विशेषज्ञ विभाग मार्फत सेवा प्रदान गरिएको थियो, पूवी पृतना हे.क्वा.को मार्गनिर्देश नं.२१ वाहिनी अड्डाको पहलमा वीरदल गण पााँचथरको आयोजना तथा सैनिक अस्पताल इटहरीको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो । कुम्मायक गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा संचालन भएको शिविरमा मुटुरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, बालरोग, आँखा, नाक–कान–घाँटी लगायत विभिन्न रोगका विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिएको थियो ।

साथै, रक्तचाप, मधुमेह परीक्षण, भिडियो एक्स–रे, प्रयोगशाला सेवा तथा आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको नेपाली सेनाले जनाएको छ । शिविरमा सेवा लिएका धेरै नागरिक मध्ये केही बिरामीहरुको जटिल समस्या देखा परेको शैनिक अस्पताल इटहरीका महासेनानी डा. अनिलकुमार सिंहले जानकारी दिनुभयो ।

शिविरमा मेडिसिन, हाडजोर्नी र स्त्री रोग सेवा लिनेको संख्या धेरै रहेको चिकित्सकहरुले बताएका छन । नागरिकको स्वास्थ्यप्रति नेपाली सेना संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नागरिकको अपेक्षा अनुसार सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने नेपाली सेनाका उपरथी गौरब कुमार केशीले बताउनुभयो ।

नेपाली सेनाको बीरदल गण पाँचथरले प्राकृतिक प्रकोपमा परेका नागरिकको उद्धार गर्दै आएको छ । जिल्लाको दुर्गम स्थानमा संचालन हुने स्वास्थ्य शिविर र विद्यालयमा हावाहुरी भएका क्षतिसंगै नागरिकसंग जोडिएर निरन्तर काम गर्दै बीरदल गणका गणपति प्रमुख सेनानी किशोर अधिकारीले जानकारी दिनुभयो ।

शिविरको व्यवस्थापकीय सहयोग गरेको कुम्मायक गाउँपालिकाले आर्थिक अभावका कारण सुविधा सम्पन्न अस्पताल पुग्न नसकेका नागरिकहरुलाई गाउँपालिकामै विशेषज्ञ सेवा दिएको जनाएको छ । शिविरमा जटिल समस्या देखिएका बिरामीहरुलाई थप उपचारमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले जानकारी दिनुभयो ।