पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ को जयनारायण आर्दश मा.वि.को छाना नेपाली सेनाले लगाएको छ । बीरदल गण पाँचथरले हावाहुरीका कारण क्षती पुगेको विद्यालय भवनको छानामा नयाँ जस्तापाता लगाइदएिको हो ।गत चैत्र २ गते राती आएको हावाहुरी सहितको पानीले विद्यालयको छाना उडाएपछी पठनपाठन प्रभावति बनेको थियो ।
विद्यालयको नयाँ भवनमा हावाहुरीले ५० लाखको पु¥याएको थियो । विद्यालयको छाना भत्किएपछी गाउँपालिकाले अनुगमन र निरिक्षण गरी विद्यालयलाई जस्तापाता उपलब्ध गराएको थियो ।प्राकृतिक प्रकोपमा परेको विद्यालयको छाना बीरदल गणका जमदार रमेश कुमार पौडेलको नेतृत्वमा खटिएको १० जना नेपाली सेनाको टोलीले छाना लगाएको हो । बैशाख २५ गतेदेखि जेठ १२ गतेसम्म १९ दिनसम्म लगाएर विद्यालयको भवनमा जस्तापाताको छानो लगाएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको प्रावधिकि टोली तथा स्थानीयवासीको सहकार्यमा गरिएको मर्मतपछि विद्यालय भवन पुनः सुरक्षति बनेको छ । नयाँ छाना लगाएसँगै वद्यिार्थीलाई सहज र सुरक्षति वातावरणमा अध्ययन गर्ने व्यवस्था मिलेको विद्यालय प्रधानाध्यापक प्रकाश आचार्यले बताए ।
विपद्को समयमा नेपाली सेनाले देखाएको सक्रयिता प्रशंसनीय रहेको बताउँदै समयमै सहयोग प्राप्त भएकाले वद्यिालय सञ्चालन गर्न सहज भएको जनाएको फाल्गुनन्द ६ का वडाअध्यक्ष नारायण आङदेम्बेले बताए । विद्यालयले विद्यालयमा खटिएका नेपाली सेनाको टोलीलाई सम्मान पत्र र ढाकाटोपी सहित सम्मान गरेको थियो ।
बीरदल गणका गणपती प्रमुख सेनानी किशोर अधिकारीले प्राकृतिक विपद् तथा सामाजकि क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दनिमा पनि समुदायसँग सहकार्य गरेर आवश्यक सहयोग जारी राख्ने बताउनुभयो ।








प्रतिक्रिया