पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई बालिकामाथि जबर्जस्ती करणी,  आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

चिन्तन खबर

रोल्पा । रोल्पामा एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार थवाङ गाउँपालिका–४, थर्पु निवासी ५५ वर्षीय धन प्रसाद पुनलाई १५ वर्षीया बालिका र उनकी ११ वर्षीया बहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण तथा घटनाका अन्य पक्षबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।