पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ नम्बर वडाको महेन्द्रोदय मावि पिपलबोटेमा सुविधा सम्पन्न १० कोठे पक्की भवन निर्माण हुने भएको छ । भवन निर्माणको लागि ह्युमन प्य्राक्टिस फाउन्डेसन र विद्यालय बीच १ करोड ३६ लाख ९४ हजार ३.७५ रुपैयाँको लागतमा सम्झौता भएको हो ।
सम्झौता अनुसार भवन निर्माणको लागि ह्युमन प्य्राक्टिस फाउन्डेसन (एच.पि.एफ)को १ करोड १६ लाख ९९ हजार ३ रुपैयाँ ७५ पैसा र कुम्मायक गाउँपालिकाको १९ लाख ९५ रुपैयाँको लागतमा भवन निर्माण हुने लागेको हो । भवन निर्माणको लागि कुम्मायक गाउँपालिकाको कार्यालयमा विद्यालय र ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) बीच भवन निर्माणबारे सम्झौता भएको हो ।
भवन निर्माणको लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज घिमिरे, विद्यालयका प्रधानाध्यापक राजेन्द्र बुढाथोकी र ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) का पदाधिकारीहरुले सयुक्त रुपमा हस्ताक्षर गरेका थिए । दशैपछि भवन निर्माणको काम अघि बढ्ने भएको छ । जसको समयअवधि एक वर्षको हुनेछ् । भवन निर्माण आगामी २०८४ साल जेठ महिनासम्ममा पुरा गर्ने गरी प्रक्रिया अघि बढ्ने ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ)का सिकाइ अधिकृत जनक भट्टले जानकारी दिए ।
भवन निर्माणपछि विद्यालयको पठनपाठनसंगै शैक्षिक वातावरणमा सुधार आउने विद्यालयले जनाएको छ । ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) ले यस अघि कुम्मायक–४ नम्बर वडाको सिद्ध मावि रानीगाउँको १० कोठे पक्की भवन निर्माण प्रकृया अघि बढाएको छ । जसका लागि ह्युमन प्य्राक्टिस फाउन्डेसन १ करोड ५४ लाख ५७ हजार ६१६ रुपैयाँको लागतमा भवन निर्माण गर्न लागेको हो ।








प्रतिक्रिया