Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
राप्रपा फुटतर्फ, हिन्दूवादी दल खोल्ने तयारीमा कमल थापा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

राप्रपा फुटतर्फ, हिन्दूवादी दल खोल्ने तयारीमा कमल थापा

चिन्तन खबर

काठमाडौं । १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए । महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् ।

उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए । उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

फुटको सँघारमा राप्रपा

त्यसयता थापाले महाधिवेशनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन हुनुपर्ने माग निरन्तर रूपमा उठाइरहेका छन् । यसका अलावा उनले सैद्धान्तिक, व्यावहारिक र संगठनात्मक गरी तीन विषय उठान गरिरहेका छन् ।

त्यस’bout पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने उनको माग छ । उनले यो विषयमा २७ मंसिरमा पहिलोपटक र १६ माघमा दोस्रोपटक अध्यक्ष लिङ्देनलाई पत्र पठाएर आफ्नो माग’bout ध्यानाकर्षण गराएका थिए । तीन दिनअघि थापा र लिङ्देनबीच भेटवार्ता पनि भयो । तर, सो भेटवार्ताले पनि थापा खुसी हुन सकेनन् ।

उनले अध्यक्ष लिङ्देनले आफूलाई आएर भेटेको तर माग सम्बोधन गर्ने दिशामा उनी नदेखिएको पनि बताएका छन् । ‘अध्यक्षजीसँग मेरो घरमै सामान्य कुरा भयो । मैले दुईपटक लिखितपत्र बुझाएर उठाएका विषय समाधानतर्फ उनी गम्भीर भएको मैले पाइनँ,’ उनले भनेका छन्, ‘अध्यक्षको कुराअनुसार समस्याको निकास दिने सम्भावना रहेन । अहिलेसम्म निकास दिने छाँट नदेखिएकाले अब विकल्प खोज्नैपर्ने भएको छ ।’

राप्रपाका निवर्तमान अध्यक्ष थापा अहिले जुन रूपमा अघि बढिरहेका छन्, त्यसले राप्रपा कुनै पनि दिन विभाजन नहोला भन्न सकिन्न । एकता महाधिवेशनमा लिङ्देनसँग पराजित भएसँगै उनले पार्टी गतिविधि पनि बहिष्कार गर्दै आएका छन् । उनका पछिल्ला गतिविधि नियाल्ने हो भने थापा नयाँ पार्टी गठनमा लागेको देखिन्छ ।

जस्तो उनले सोमबार नै सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आफूनिकट पदाधिकारी र सदस्यको भेला राखेर अध्यक्ष लिङ्देनले आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएकाले नयाँ विकल्पका लागि तयार रहन आग्रह गरेका छन् । ‘मैले उठाएका राजनीतिक र संगठनात्मक विषयलाई अध्यक्ष लिङ्देनजीले सम्बोधन गर्ने कुनै तत्परता देखाउनुभएन’, अध्यक्ष थापाले भेलामा भने,’ मैले उठाएका माग सम्बोधन भएमा पार्टीमै बस्छु । यदि ती विषय सम्बोधन नभएमा विकल्प खोज्छु । त्यो अवस्थामा मलाई सबैको साथ सहयोग चाहिन्छ ।’

भेलामार्फत नै थापाले अध्यक्ष लिङ्देनलाई तीनवटा माग पूरा गर्न अल्टिमेटमसमेत दिएका छन् । ती माग सम्बोधन नगरे ‘नयाँ यात्रा’ थालनी गर्ने चेतावनी पनि उनले दिएका छन् । थापाको नयाँ यात्रा भने राजसंस्था छाडेर हिन्दूवादी दल खोल्ने उनको तयारीसँग जोडेर हेरिएको छ ।

सोमबारको भेलामा अध्यक्ष थापाले स्थानीय तह निर्वाचनअगावै आफ्ना माग पूरा गर्न अल्टिमेटमसमेत दिएका थिए । ‘स्थानीय चुनाव सरकारले घोषणा गर्नुअगाडि नै हामीले उठाएका तीन विषयमा छलफल गरेर निराकरण हुँदैन र समाधान खोज्नतर्फ लागिएन भने हामी बाध्य भएर विकल्पमा जानुपर्छ,’ थापाले भनेका छन् ।

यद्यपि, सरकारले उनको भेला सकिएको केही घण्टामै ३० वैशाखका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । सो भेलामा थापाले भनेका छन्, ‘सरकारले सम्भवतः आजै स्थानीय तह निर्वाचन मिति घोषणा गर्न सक्छ । आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम थोरै छ ।’

उनले अगाडि भनेका छन्, ‘अब लामो समयसम्म प्रतीक्षा गरेर रहन सकिँदैन । पार्टी दुर्घटनातर्फ उन्मुख हुँदै गइरहेको छ, कार्यकर्तामा विचलन देखिएको छ । यही अवस्थामा स्थानीय चुनाव आइरहेको छ । हामीले यो अवस्थामा तीन विषय निराकरण गरिएन भने निरिह र लाचार भएर यो सबै घटनाक्रमको साक्षी भएर बस्न सकिन्न ।’

थापाको यो भनाइले उनी राप्रपामै बस्नेभन्दा नयाँ दल खोल्न अग्रसर भइसकेको अनुमान गर्दा केही फरक पर्दैन । उनले भनेका छन्, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन । तर, बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरु हुन्छ । म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस् । हामी निर्णायक घडीमा आइपुगेका छौं ।’

पार्टी महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपलगायत विषय’bout छलफल गरेर पार्टी नेतृत्वबाट निराकरण भयो भने आफू राप्रपामै रहने र देशैभर संगठन विस्तारका काममा लाग्ने उनको भनाइ थियो ।

त्यसो त थापाले यसअघि नै राष्ट्रिय एकता अभियान पुस २७ गतेदेखि सञ्चालन गर्ने तयारी पनि गरेका थिए । तर, कोरोनाको बढ्दो संक्रमणलाई कारण देखाउँदै तत्कालका लागि त्यो अभियान स्थगित गर्न पुगेका थिए ।

पूर्वअध्यक्ष थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप’bout छानबिन गर्न दुईपटक गरिएको ध्यानाकर्षणप्रति अध्यक्ष लिङ्देन गम्भीर नभएकाले अब विकल्प खोज्ने बिन्दुमा थापा पुगेको बताए ।

थापाले बोलाएको भेलामा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की, राजीव पराजुली, कुन्ती शाही, जयन्त चन्द, तोरणबहादुर गुरुङ, विक्रमबहादुर थापा र नीलकण्ठ काफ्लेलगायत सहभागी थिए ।

स्रोतका अनुसार, भेलामा सहभागी राप्रपा पदाधिकारीहरूले भने हतारमा निर्णय नगर्न आग्रह गरेका थिए । थापाले यो विषयलाई पार्टीले छानबिनको विषय बनाउनुपर्ने निरन्तर माग अघि सार्दै आए पनि अध्यक्ष लिङ्देनले अहिलेसम्म सुनुवाइ गरेका छैनन् । बरु अध्यक्ष लिङ्देनले पार्टीमा आफ्नो शक्ति बढाउँदै लगेका छन् । उनी महाधिवेशनमा पदाधिकारीमा स्पष्ट अल्पमतमा थिए । तर, मनोनयनपछि भने उनले आफ्नो पक्षमा स्पष्ट बहुमत पु¥याएका छन् । केन्द्रीय समितिमा पनि लिङ्देनकै बहुमत छ ।

राप्रपाको निर्वाचनबाट उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की र ध्रुवबहादुर प्रधान निर्वाचित भएका थिए ।

यी चारमध्ये प्रधान र तामाङ कमल थापा पक्षका हुन् । महामन्त्रीमा निर्वाचित धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाहीमध्ये राणा मात्रै लिङ्देन पक्षका हुन् । पदाधिकारीमा अल्पमतमा रहेका लिङ्देनले डेढ साताअघि २४ जनालाई मनोनयन गरेका थिए । त्यसपछि भने उनी स्पष्ट बहुमतमा छन् । उनले विधानबमोजिम नै उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री र सहायक महामन्त्री पदमा २४ जनालाई मनोनीत गरेका हुन् ।

उता, लिङ्देनले थापाको प्रस्ताव पहिलो दृष्टिमै अनुपयुक्त भएको जवाफ दिने गरेका छन् । थापाले उठाएजस्तै राजसंस्था’bout नकारात्मक सन्देश जानेगरी छलफल नहुने र त्यस’bout सोच्न पनि नसकिने लिङ्देनको भनाइ छ ।